१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १३ शुक्रबार १३:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्तमान सरकार अधिनायकवादउन्मुख भयो : कांग्रेस नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १३ शुक्रबार १३:२८:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार अधिनायवादउन्मुख भएको आरोप लगाएका छन् । शुक्रबार सिराहा पुगेका नेता सिंहले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको फोटो र भिडियो मोबाइलबाट खिच्न नपाउने भन्ने विषयको समाचारले केपी ओलीमा तानाशाहको चरित्र दखिँदे गएको आरोप लगाएका हुन् । उनले भने, ‘यदि यो समाचार सत्य हो भने केपी ओली तानाशाह हुँदै छन् ।’

फरक मत राख्ने एमालेभित्रको एउटा समूह र माओवादी केन्द्र सुरुका दिनमा मौन बस्नु नै अहिलेको परिस्थितिको सिर्जना भएको उनको भनाइ छ । उनले ओलीलाई समयमै लगाम लगाउन नसक्नु र ओलीले ल्याएका एकपछि अर्काे तानाशाही विधेयकको  विरोध गर्न नसक्नुका कारण अहिले पछुताउनुको विकल्प नभएको बताए । 

अर्काे प्रसंगमा उनले जसपाले नैतिकहीन सरकारसँग माग पूरा गर भन्नु गलत भएको भन्दै सही समयमा आफ्नो मुद्दा उठाउन नसक्ने अनि असहज परिस्थितिमा अड्को थाप्ने काम गरेको आरोप लगाए ।

हिजो आफ्नै पार्टीका मन्त्री हुँदा मुद्दामा ध्यान दिएको खै भन्दै प्रश्न गरे । उनले अड्को थापेरभन्दा ओलीलाई बिदाइ गरेर सहज बाटो खोज्न जसपालाई आग्रह गरे । जुन दिन माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता हुन्छ त्यही दिनबाट नयाँ सरकारको गठन प्रक्रिया अघि बढ्ने उनले बताए ।