१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : लोभ के हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o६:oo

एकपटक एक बालकले पितालाई सोधे– बाबा लोभ भनेको के हो ? छोराको प्रश्न सुनेर उनले भने– पहिले तिमी एउटा काम गरेर आऊ अनि यसको जवाफ दिउँला, हुन्न ? ‘हुन्छ बाबा, मैले के गर्नुपर्‍यो भन्नुहोस्,’ बालकले विनम्रतापूर्वक सोधे । पिताले भने– पहिले तिमी मामाको डिपार्टमेन्टल स्टोरमा जाऊ र मन परेको एउटा चकलेट लिएर आऊ ।

तर, एकपटक अघि बढेपछि पछि फर्किएर चकलेट छान्न पाउँदैनौ, यसमा विशेष ध्यान दिनू नि ! हस् बाबा भनेर दंग पर्दै बालक मामाको डिपार्टमेन्टल स्टोरमा पुगे । उनी सरासर चकलेट राखिएको स्थानमा गएर हेर्दै स्वादिलो होला जस्तो एउटा चकलेट टिप्नै आँटेका थिए, अलि पर त त्योभन्दा पनि ठूलो र मिठो चकलेट देखे । 

उनी त्यो चकलेट छाडेर अघि बढे । अलि पर पुग्दा अझै अगाडि अर्को झन् ठूलो र लोभलाग्दो चकलेट थियो । यसैगरी अघि बढ्दै जाँदा उनी यस्तो स्थानमा पुगे, जहाँ कुनै चकलेट थिएन ।

बुबाको सर्तअनुसार उनले पछाडि फर्केर चकलेट लिन पनि सक्दैनथे । त्यसैले उनी खिन्न मन लिएर रित्तै हात फर्किए । बालक रित्तै हात फर्किएको देखेर मुसुमुसु हाँस्दै पिताले भने– अब त तिमीले पक्कै पनि लोभ भनेको के रहेछ भन्ने राम्रैसँग बुझ्यौ होला, होइन ? अनि बढ्ता लोभ गर्दा कस्तो परिणाम निस्किँदो रहेछ भन्ने पनि तिमीलाई थाहा भयो होला । बालकले भने– हो बाबा, मैले राम्ररी बुझेँ ।

ad
ad