१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

आदिवासी जनजाति साहित्यकार महासंघमा मुकारुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३२:oo

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले आख्यानकार राजन मुकारुङलाई अध्यक्षमा चयन गरेको छ । ललितपुरमा सम्पन्न भएको महासंघको पहिलो राष्ट्रिय भेलाले उपाध्यक्षमा टंक सेलिङ, रजनी मिला, डा. विष्णुकुमार सिंजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमु र उत्तमकुमार सुनुवारलाई निर्विरोध चयन गरेको छ । 

साहित्यमा आदिवासी सौन्दर्य लेखौँ, अग्रगमनको यात्रामा अघि बढौँ भन्ने नाराका साथ सम्पन्न भएको पहिलो भेलाले महासचिवमा बुद्ध योन्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन् । कोषाध्यक्षमा उर्मिला गम्बा थारू र सहकोषाध्यक्षमा जितेन पन्धाक चुनिएका छन् ।

कैलाश राई, मुनाराज शेर्मा, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. तारालाल रापचा, डा. कृष्णराज सर्वहारी र डा. तारालाल श्रेष्ठ महासंघको प्राज्ञिक परिषद्मा रहेका छन् ।

मदन पुरस्कार विजेता लेखक मुकारुङले भने, ‘आदिवासी जनजातिको सौन्दर्य साहित्यमा लेख्ने मात्रै नभई सामाजिक र राजनीतिक रूपमा स्थापित गर्न महासंघ लागि पर्नेछ ।’ भेलाले सातबुँदे घोषणापत्र पनि जारी गरेको छ ।

ad
ad