१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुड्केचुला गाउँपालिकाले सबै वडाका लागि आफ्नै भवन बनाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३२:oo

डोल्पाको मुड्केचुला गाउँपालिकाले आगामी वैशाखभित्र सक्ने गरी सबै वडा कार्यालयको भवन निर्माण गर्ने भएको छ । गाउँपालिकाले वैशाखभित्र नौवटै वडामा भवन निर्माण गर्ने गरी तीव्रताका साथ काम सुरु गरेको छ ।  स्थानीय सरकारलाई स्थायित्व दिन धमाधम वडा कार्यालय भवन निर्माणको काम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

आव ०७७/७८ मा निर्माण गर्ने लक्ष्य लिइएको वडा नं. ८ को भवन गत मंगलबार निर्माणकार्य सम्पन्न गर्ने गरी उद्घाटन भएको डाँगीले बताए । गत आर्थिक वर्षमा वडा नं. ६ को भवन निर्माण भइसकेकाले बाँकी १, २, ३, ४, ५, ७ र ९ नं. वडाका भवन वैशाखभित्र निर्माणकार्य पूरा गर्ने गरी काम भइरहेको उनले बताए ।

सभाहल, प्रतीक्षालयसहितको सुविधायुक्त एउटा भवन निर्माण गर्न २५ लाख रकम खर्च छुट्याइएको बताउँदै यो वर्षको बजेट वडा भवन निर्माणलाई प्राथामिकता दिइएको उनको भनाइ छ । वडा भवन निर्माणका लागि सबैले निःशुल्क जग्गा दिएकाले गाउँपालिकाको रकम खर्च गर्नु नपरेको बताइएको छ ।

भवन निर्माणको जिम्मा निःशुल्क जग्गा दिने जग्गा धनीसहितको उपभोक्ता समिति निर्माण गरेर सम्बन्धित वडा अध्यक्षलाई नै दिएपछि भवन निर्माणमा छिटोछरितो भएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणपछि सबै वडाका आफ्नै भवन बनाउने जिल्लाकै पहिलो स्थानीय तह बन्ने गाउँपालिकाको भनाइ छ ।

ad
ad