
सेन्चुरी कमर्सियल बैंकले जलेश्वरको बालमन्दिर आधारभूत विद्यालयलाई डेस्क–बेन्च सहयोग गरेको छ । बालमन्दिरलाई बैंकको जलेश्वर शाखाले ६ थान डेस्क–बेन्च सहयोग गरेको हो ।
प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले बैंकले उपलब्ध गराएको डेस्क–बेन्च हस्तान्तरण गरेकी थिइन् । उनले आफ्नै निर्वाचन क्षेत्रको अति दयनीय अवस्थामा रहेको विद्यालयको अवस्थाबारे विद्यालयमा आएपछि मात्र जानकारी पाएको बताइन् ।
तत्कालै विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाएकी छिन् । उनले २०४६ सालदेखि बिजुलीविहीन रहेको सो विद्यालयमा तत्काल विद्युत् जडान गराउने प्रतिबद्धतासमेत जनाइन् ।
सेन्चुरी कमर्सियल बैंक जलेश्वर शाखाका प्रबन्धक मुकेशप्रसाद जयसवालले आफ्नो वित्तीय संस्थाको स्थापना दिवसमा सामाजिक कार्य गर्ने जिम्मेवारीअन्तर्गत २४ जना बालबालिका पढ्न सक्ने ६ वटा फर्निचर सेटमा सहयोग गरेको बताए । विद्यालयमा १ सय १० जना बालबालिका अध्ययनरत छन् ।