१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेको ओलीइतर समूहले भन्यो– पार्टी विधिविधानअनुसार चल्नुपर्छ, ‘गुन्डागर्दी’ मान्य छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:o६:oo

एमाले अध्यक्ष केपी ओलीइतर समूहले पार्टी विधिविधानअनुसार चल्नुपर्नेमा जोड दिएको छ । कैलाली र सुनसरीमा ओली समूहको ‘गुन्डागर्दी शैली’ भएको इतर समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

राजधानीमा बिहीबार बसेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टीलाई विधिविधानबाहिर नलान नेतृत्वलाई खबरदारी गरेको छ । 

पार्टीको आन्तरिक एकता कायम राख्दै माओवादी केन्द्रलाई पनि साथमा लिएर जानुपर्नेमा नेताहरूले जोड दिएका थिए ।  वामपन्थीकै सरकार निर्माणमा बैठकले जोड दिएको सचिव भीम आचार्यले नयाँ पत्रिकालाई जानकारी दिए ।

सर्वोच्च अदालतले गत २३ फागुनमा सत्तारुढ नेकपालाई खारेज गर्दै साबिकका एमाले र माओवादी केन्द्र कायम गरेपछि खनाल–नेपाल समूहलाई निषेध गर्दै ओली समूहले एकलौटी रूपमा केन्द्र र तल्ला तहका कार्यालयमा बोर्ड राखेको छ । बोर्ड राख्ने क्रममा कैलाली र सुनसरीमा झडपसमेत भएको थियो ।
 

ad
ad