Skip This
ad
बाघको आक्रमणबाट फेरि बर्दियामा एक महिलाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १o:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट फेरि बर्दियामा एक महिलाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:o५:oo

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका– ३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारलाई जंगलमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो । साथीहरूसँग जंगलमा घाँस काट्न गएकी सुनारलाई आक्रमण गरेको थियो । बाघको आक्रमणको खबर पाउनसाथ उद्धारमा खटिएको प्रहरी टोलीले नेपाल भारतको सीमा क्षेत्रमा उनको शव फेला पारेको थियो ।

सुनारलाई नेपाल–भारत सीमा क्षेत्रको ८४ र ८५ नम्बर पिलरको बीचबाट बाघले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले महिलाको शव घाँटी र छातीको मासु खाइसकेको अवस्थामा फेला परेको बताए । शवको पोस्टमार्टका लागि जिल्ला अस्पताल बर्दियामा लगिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए । 

उनीसँगै घाँस काट्न गएका पाँचजना भने भागेर ज्यान जोगाउन सफल भएका छन् । जंगलबाट फर्केपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । 

पछिल्लो समय बर्दियामा पाटेबाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । बाघले पटक–पटक मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । बाघ मानिसमाथि नै आक्रामक बन्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बर्दियाले सूचना जारी गरी जंगलमा घाँस–दाउरा काट्न नजान आग्रह गरेको छ । कुनै कारणवश जंगलमा जानै परे पनि समूहमा जानका लागि आग्रह गरिएको छ । 

बर्दिया जिल्लामा यसअघि फागुन १७ गते गेरुवा गाउँपालिकामा भैँसी चराउन गएका ६५ वर्षीय एक पुरुषको पनि  बाघको आक्रमणबाट ज्यान गएको थियो । गत कात्तिक महिनामा मधुवन नगरपालिका– ३ मा नै तीनजनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार यस आर्थिक वर्षमा बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । गत आर्थिक वर्षमा पाँचजनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

ad
ad