१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख २४ सोमबार o८:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

वीरेन्द्रनगरमा ‘कर्णाली उत्सव कुडा कर्णालीका’

कर्णालीमा अथाह सम्भावना हुँदाहुँदै पनि केवल कर्णाली दक्षिणतर्फ बगिरह्यो । यहाँका दुःख, गरिबी र भोक हट्न सकेन । नागरिकका लागि कर्णाली कालापहाड जाने बाटो मात्र बन्यो ।

Read Time : > 2 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१९:oo

‘कर्णाली घुराउरो बग्दो लौरी बगाउँदैन । 
बैरागीका बाजामन डुली अगाउँदैन ।।

कर्णालीको यो लोकभाका गुनगुनाउँदै बुधबारदेखि सुर्खेत वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा ‘कर्णाली उत्सव कुडा कर्णाली’को दोस्रो संस्करण सुरु भएको छ ।उत्सवको पहिलो दिन ऋति फाउन्डेसनका सह–संस्थापक रेशम विष्टले ‘कर्णाली उत्सव कुडा कर्णालीका’को उद्देश्यबारे प्रस्ट्याएका थिए । ‘कर्णालीमा अथाह सम्भावना हुँदाहुँदै पनि केवल कर्णाली दक्षिणतर्फ बगिरह्यो । यहाँका दुःख, गरिबी र भोक हट्न सकेन । नागरिकका लागि कर्णाली कालापहाड जाने बाटो मात्र बन्यो । कर्णालीलाई हामीले राम्रोसँग चिनेनौँ,’ उनले भने, ‘कर्णालीका लोकसाहित्य, अर्थ, राजनीतिक, शासकीय प्रणालीलगायत विषय मन्थन गर्न उत्सव आयोजना गरिएको हो ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली भाषा लोप हुने अवस्था आएको बताए । ‘कर्णाली उत्सव कुडा कर्णालीका’को उद्घाटन गर्दै खस भाषाबाट नेपाली भाषा उत्पत्ति भएको र अहिले लोप हुने अवस्थामा रहेको मुख्यमन्त्री शाहीले बताए ।

इतिहासको ज्ञानले भविष्य निर्धारण गर्ने भएकाले कर्णालीको विगतबारे जान्न जरुरी रहेको उनको भनाइ छ । ‘आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा जान्न जरुरी छ,’ उनले भने, ‘विगतमा महँगा भाँडामा खाना खाने कर्णाली प्रदेशका नागरिक अहिले प्लास्टिकको थालीमा खान थालेका छन् ।’ विगतमा आत्मनिर्भर कर्णाली प्रदेश अहिले यो अवस्थामा कसरी आयो ? भन्ने विषय खोजी हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ । ‘अरूलाई गाली गरेर कर्णालीको विकास भएन भन्नु गलत छ ।’ उनले भने, ‘कर्णालीका नागरिकले आफ्नैबारेमा समीक्षा गरेर किन पछि प¥यौँ भनेर खोजी गर्न जरुरी छ ।’

‘कर्णालीलाई नजिकबाट चिन्न उत्सव’ 
कर्णालीलाई नजिकबाट चिन्नका लागि कर्णाली महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने सुर्खेत भेरी नगरपालिका उप–प्रमुख रेणु आचार्य (ढकाल)ले बताइन् । ‘यहाँको भाषाले संस्कृति र समग्र विषयमा जानकारी दिनेछ ।’ उनले भनिन्, ‘यो उत्सव मात्र नभएर यहाँका विविध विधामाथि छलफल हुनेछ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले यहाँको कला, साहित्य, दर्शनका विषयमा अध्ययन गर्न र प्रवद्र्धन गर्न प्रदेश सरकार र नेपाल प्रज्ञा प्रतिष्ठान तयार रहेको बताए । ‘कर्णालीको मौलिकता र यसको इतिहासका विषयमा सत्यमोहन जोशीलगायतका विद्वान्हरूले ०२७ सालमा नै अध्ययन गरेका थिए,’ उनले भने, ‘कर्णाली, प्रदेशबाहिरका र विदेशी विज्ञहरू ल्याएर यहाँका विषयमा अध्ययन गरिनेछ ।’  

यस्ता छन् उत्सवका इभेन्ट
‘कर्णाली उत्सव कुडा कर्णालीका’को दोस्रो संस्करण २९ फागुनसम्म चल्नेछ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, कांग्रेसका नेता गगन थापालगायत राजनीतिकर्मी, नीति निर्माणकर्ता, साहित्यकार तथा लेखकले बहस तथा अन्तक्र्रिया गर्ने आयोजकले जनाएको छ । 

कर्णालीको सभ्यता र संस्कृति देशभर चिनाउने र कर्णालीको सामाजिक, आर्थिक, सांस्कृतिक विकासका लागि सम्भावना खोजी गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको मूल आयोजक समिति संयोजक माधव चौलागाईंले जानकारी दिए । ‘उत्सवको पहिलो दिनमा विचार विमर्श, दोस्रो दिन ‘हाम्मो मान्नवी’, तेस्रो दिन ‘सुर्के थैली’ र चौथो दिन ‘कैथा नेता, कैथो नेतृत्व’ शीर्षकमा छलफल र विचारविमर्श गरिनेछ,’ उनले भने, ‘उत्सवमा छलफल गरिने विभिन्न १४ विषयमध्ये ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश २ का मुख्यमन्त्री राउतसँग पत्रकार दिलभूषण पाठकले बहस गर्नेछन् ।’

‘कहरी सुकालो होला कइले जाला कैठ’ सत्रमा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, संक्रमणरोग विशेषज्ञ डा. अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी र डा.दुर्गा थापाले छलफल गर्ने आयोजकले जनाएका छन् ।  ‘पढ्नु पड्डो छ : साक्षर शिक्षित र प्राज्ञिक कर्णाली’ सत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, युवा राजनीतिज्ञ मिलन पाण्डे, वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालसँग पत्रकार राजेन्द्र बानियाँले बहस गर्नेछन् । ‘कर्णाली घुमाउँटो पड्यो’ सत्रमा योजनाविद् डा. दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुुष्पराज कँडेल, डा.रेणुराज अधिकारी र प्रदेश योजना आयोगका सदस्य योगन्द्र शाहीले बहसमा सहभागी हुनेछन् ।

‘छाउ र भाउ’ सत्रमा लेखक राधा पौडेल, राजनीतिकर्मी बिन्दा पाण्डे र स्वास्थ्यकर्मी नवराज केसीले पत्रकार कमल पन्थीसँग, ‘बाडो थाडो र ओटालो’ सत्रमा कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया, जुम्लाका गोविन्द नेपाली र समाजशास्त्री डा. टीकाराम गौतमले पत्रकार दीपा दाहालसँग र ‘आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रंगकर्मी हीराबिजुली नेपाली, देउडा गायक नेत्रराज शाही, लेखक सरला गौतमसँग सञ्चारकर्मी भूपेन्द्र खड्कालगायतले विचारविमर्श गर्ने आयोजकले जनाएको छ ।

उत्सवको पहिलो दिन बुधबार ‘कर्णाली किन घुम्ने’ विषयवस्तुमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढा, ‘कर्णाली चिनाउने योगी’ शीर्षकमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जगतप्रसाद उपाध्याय, ‘सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्व’ शीर्षकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का र ‘वीरेन्द्रनगरका वैभव’ शीर्षकमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको विचारविर्मश भएको आयोजक संस्था ऋति फाउन्डेसनले जनाएको छ । 

ad
ad