१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अख्तियार प्रमुख राईले दोहोरो सुविधा नलिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३४:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्राचार गरी उनले आफ्नो पेन्सन रोक्का राखेका छन् । 

राई पूर्वसचिव हुन् । उनले पेन्सन नलिई प्रमुख आयुक्तका रूपमा तलब मात्र लिने भएका छन् । अवकाशपछि पूर्वकर्मचारीले पेन्सन लिन पाइने कि नपाइने प्रस्ट प्रावधान छैन । पूर्वकर्मचारीले पेन्सन र तलब दुवै लिन नपाउने मागसहित परेको रिटमा सर्वाेच्च अदालतले लिन पाउने फैसला गरेको थियो ।

नैतिकताका आधारमा राईले पेन्सन नलिने निर्णय गरेका हुन् । अन्य संवैधानिक अंगमा नियुक्ति भएका पूर्वकर्मचारीहरूले भने दोहोरो सुविधा लिँदै आएका छन् । 

आयोगका पूर्वप्रमुख आयुक्त नवीन घिमिरेले पनि सुरुमा दोहोरो सुविधा नलिने निर्णय गरेकोमा सर्वाेच्च अदालतको फैसलापछि लिएका थिए । नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले भने सुरुदेखि नै दोहोरो सुविधा लिएका छैनन् । 

ad
ad