Skip This
ad
विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १५:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:२५:oo

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवलाई पनि छिट्टै पार्टीमा स्वागत गर्ने प्रतीक्षामा रहेको बताएका छन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित ‘पार्टी समायोजन तथा पार्टी प्रवेश’ कार्यक्रम प्रचण्डले भने ‘विप्लव पनि अन्ततोगत्वा हाम्रो पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यस अर्थमा उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतीक्षा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । मैले उहाँलाई जहाँसम्म चिनेको छु, बुझेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनैपर्छ ।’

प्रचण्डले कम्युनिस्ट आन्दोलन वैज्ञानिक रहेको बताउँदै राम्रो र नराम्रोको पक्षमा निरन्तर संघर्ष चल्ने बताए । उनले भने ‘यो कुनै रुढीवादी, कुनै कुसंस्कृतिको आन्दोलन होइन । यो एउटा विज्ञानसम्मत दृष्टिकोण र वैज्ञानिक मान्यतामा आधारित आन्दोलन हो । तर, कम्युनिस्ट आन्दोलनभित्र समाजमा भएका गलत प्रवृत्ति पनि प्रवेश गर्ने गर्छन् र कम्युनिस्ट पार्टीभित्र निरन्तर संघर्ष चलिरहन्छ– सही र गलत, राम्रो र नराम्रोको बीचमा निरन्तर संघर्ष चल्छ । यो कम्युनिस्ट आन्दोलनको विकासको नियम पनि हो । समाज विकासको वर्गसंघर्षको नियम पनि हो ।’

नेपाली जनता फेरि एकपटक विजयी भएको प्रचण्डको भनाइ छ । उनले भने, ‘प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध शान्तिपूर्ण रूपमा नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ पुस ५ पछि । त्यो शान्तिपूर्ण जनयुद्धमा सर्वोच्चको फैसलापछि नेपाली जनता फेरि विजयी भएको अवस्था हो । हामी विजयी भएको अवस्था हो । यस अर्थमा सबै साथीसँग विजयको शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।’

ad
ad