१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २२ शनिबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण २२ शनिबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा भन्छन्– मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण २२ शनिबार १४:१९:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को आफ्नै निवास बूढानीलकण्ठमा विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् । 

आफूहरूलाई विपक्षमा बस्ने म्यान्डेट भएको भन्दै देउवाले प्रधानमन्त्री बन्न नचाहेको बताए । विपक्षी दलको नेता भावी प्रधानमन्त्रीका रूपमा रहने भए पनि आफूलाई प्रधानमन्त्रीको लोभ–लालच नभएको उनको भनाइ छ । 

उनले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्यान्डेट विपक्षमा बस्ने भन्ने छ । मलाई प्रधानमन्त्री बन्ने लोभ–लालच पनि छैन । यस्तोमा लाग्नु पनि छैन ।’


सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलिरहेको बेला देउवाको यस्तो भनाइ आएको हो । नेकपाका दुबै समूहले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
 
तर, कांग्रेसले निर्णय गरिसकेको छैन । यसअघि देउवाले चितवनमा आयोजित कार्यक्रममा काँघमा जिम्मेवारी आएपछि नहट्ने अभिव्यक्ति दिएका थिए । आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।