१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआइसी एसियाको क्युआर सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o८:oo

एनआइसी एसिया बैंकले पूर्वी नेपालमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्युआर भुक्तानी सेवा उपलब्ध गराएको छ । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्यअनुसार बैंकले गोरखा डिपार्टमेन्ट स्टोरहरूमा क्युआर सेवा उपलब्ध गराएको हो । 

सेवा उपलब्ध गराउने सम्झौतामा बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिस्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका महाप्रबन्धक बलराम आचार्यले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्युआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको जनाइएको छ ।

यसमार्फत कम्प्युटरको स्क्रिनमै क्युआर कोड स्क्यान गरी उपभोक्ताले खरिद रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । गोरखा डिपार्टमेन्ट स्टोर मोरङको विराटचोक तथा पथरी, सुनसरीकोे इटहरी र झापाको दमकमा सञ्चालनमा रहेको छ । 
बैंकले हालसम्म देशभर ४१ हजारभन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यसैक्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट–क्रेडिट) प्रयोगकर्तालाई समेत देशभरका २ हजार ३ सयभन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको दाबी गरेको छ । बैंकले देशभरमा ३ सय ५२ शाखा, ४ सय ७१ एटिएम, ७५ विस्तारित काउन्टर एवं ७८ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad