मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार १४:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड–माधव समूहको निर्णय : सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन, तीन दिनभित्र उपनेताबाट राजीनामा दिन निर्देशन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार १४:५५:००

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गरेको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधान उल्लंघन गरेकोमा नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए । 

उनका अनुसार नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको छ । 

यस्तै, नेताहरू विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह र सूर्य थापालाई केन्द्रीय कमिटीबाट निष्कासन गर्ने निर्णय पनि बैठकले गरेको छ । भट्टराईलाई सांसदको जिम्मेवारीमा रहन सचेत गराउने निर्णय पनि बैठकले गरेको छ । भट्टराईलाई प्रधानमन्त्री केपी ओलीले केही दिनअघि प्रमुख सचेतकमा नियुक्त गरेका थिए । 

पार्टीको पक्षमा फर्कन सबै नेताहरूलाई आग्रह गर्दै बैठकले विनापूर्वाग्रह जिम्मेवारी दिइने निर्णय पनि गरेको छ ।

निर्वाचन आयोगले हालसम्म निर्णय नगरेकोमा दुःख व्यक्त गर्दै बैठकले निष्पक्ष र न्यायसंगत निर्णय गर्न अनुरोध गरेको छ । ढिला न्याय अन्याय हो भन्ने स्मरण गराउने चौलागाईंले बताए ।

बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतसमेत गरेको छ ।