१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाखमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२३:oo

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी वैशाखमा हुने भएको छ । महोत्सव आगामी २३ देखि २७ वैशाखसम्म पाँच दिन चल्नेछ ।

महोत्सवमा सहभागिता जनाउने गरी ५२ देशबाट चार सय ५० फिल्म आएका थिए । यी फिल्महरूमध्ये ३१ देशका ६३ फिल्म छनोट भएको विज्ञाप्तिमा उल्लेख छ ।

महोत्सवमा सहभागी फिल्महरू फिचर, डकुमेन्ट्री, सर्ट फिल्मलगायत विधाका छन् । फिचर फिल्म इनटरनेसनल, लाइभ एक्सन सर्ट फिल्म इन्टरनेसनल, डकुमेन्ट्री, इमिनेटेड सर्ट फिल्म, राष्ट्रिय फिचर फिल्म र सर्ट फिल्मलगायत विधामा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक विधाका उत्कृष्ट चलचित्रले पुरस्कार पाउनेछ । उत्कृष्ट फिचर फिल्मले गौतमबुद्ध अवार्ड, ट्रफी र साथमा एक हजार पाँच सय अमेरिकी डलर पुरस्कार पाउनेछ । 

ad
ad