Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सरला कट्टेल नर्वे
२०७७ फाल्गुण १० सोमबार ०९:५८:००
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

पत्रकार महासंघ युरोपले माग्यो अनलाइन मताधिकार

Read Time : > 1 मिनेट
सरला कट्टेल नर्वे
२०७७ फाल्गुण १० सोमबार ०९:५८:००

पत्रकार महासंघ युरोप शाखाले महासंघ केन्द्रको निर्वाचनमा विदेशमा रहने पत्रकारलाई अनलाइनको माध्यमबाट मताधिकार दिनुपर्ने माग गरेको छ । महासंघ युरोप शाखाले चौथो महाधिवेशनको अवसरमा जारी गरेको सात बुँदे घोषणपत्र पत्रकार महासंघ केन्द्रले अनलाइन मताधिकारको व्यवस्था गर्नुपर्ने माग राखेको हो । 

कोरोनाको कारण भर्चुअल माध्यमबाट भएको महाधिवेशनमा जारी गरेको घोषणपत्रमा पत्रकार महासंघ केन्द्रले सबै वैदेशिक शाखाहरूलाई नेपालमा रहेका शाखासरहकै मान्यता दिनुपर्ने दाबी महासंघ युरोप शाखाको छ ।

घोषणापत्रमा प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान, सामाजिक सुरक्षाका लागि अक्षयकोष सञ्चालन, युरोपस्तरीय गुनासो डेस्क स्थापना, नागरिकको अभिव्यक्ति स्वतन्त्रतालगायतका विषय समेटिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्दै सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन आफू लागिपरेको दाबी गरे । 

युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, डेनमार्कका लागि राजदूत युवनाथ लम्साल र फ्रान्सका लागि राजदूत दीपक अधिकारीसमेतले कार्यक्रम सफलताको शुभकामना दिए । 

त्यसैगरी महासंघका उपाध्यक्ष दिलीप थापामगर, केन्द्रीय सचिव लक्ष्मी पुन, केन्द्रीय सदस्य राजेश चाम्लिङ र सिर्जन अर्यालले पनि युरोप शाखाले गरेको गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा युरोप शाखाले अझै प्रगतिको पाइला चाल्नुपर्ने धारण व्यक्त गरेका थिए । 

त्यस्तै, एनआरएनए केन्द्रीय उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, युरोप संयोजक नारायण आचार्य, वरिष्ठ पत्रकार भगीरथ योगीलगायतले पनि शुभकामना व्यक्त गरेका थिए । महासंघ युरोप शाखाले महाधिवेशन गरे पनि नयाँ कार्यसमिति भने चयन गरेको छैन ।

महासंघ केन्द्रको नियमावलीअनुसार महाधिवेशन भएको ३० दिनपछि नयाँ कार्यसमिति चयन गर्नुपर्ने हुन्छ । महासंघ युरोप शाखाले पनि सोही विधिअनुरूप अबको ३० दिनभित्र आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै छ ।