१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ८ शनिबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ फाल्गुण ८ शनिबार o८:१९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अप्रिलदेखिको सिजनमा पनि पर्यटकको सम्भावना शून्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण ८ शनिबार o८:१९:oo

गत जनवरीमा मुस्किलले ८ हजार विदेशी पर्यटक नेपालमा आएका थिए । नेपालमा अप्रिलदेखि नयाँ पर्यटन सिजन सुरु हुन्छ । मुख्य गरी हिमाल आरोहणको सिजन सुरु हुनेछ । जसमा भ्याक्सिन तथा स्वास्थ्य प्रोटोकल र नेपाल सरकारले पर्यटन आगमनमा सहज वातावरण बनाउनेमा व्यवसायी र सरकारी निकाय आशावादी थिए ।

सरकारले गत १ कात्तिकदेखि नै नेपाल आउन विदेशी पर्यटकका लागि खुला गरे तापनि मासिक रूपमा केही सय मात्रै पर्यटक आएका छन् । विशेष गरी चीन र भारतबाट भने पर्यटक आएका छैनन् ।

 ‘भ्याक्सिन आएपछि संसारभर नेपालले पनि भ्याक्सिन लगाउन सुरु गर्दै छ भन्ने सकारात्मक सन्देश गएको छ, यसले कोरोनापछिको पर्यटनमा नयाँ सुरुवात हुने आशा गरेका थियौँ, तर नियमहरू सहज नहुँदा सम्भावना टर्दै गएको देखिन्छ,’ रेग्मीले भने । 

नेपालको पर्यटन क्षेत्रमा मात्रै १५ खर्बभन्दा बढी लगानी भएको अनुमान गरिएको छ । पर्यटनबाट १० लाखभन्दा बढी मानिसहरूले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीले पर्यटनबाटै जीवन निर्वाह गरेका छन्,’ बोर्डका सिइओ रेग्मीले भने । अहिले पर्यटन क्षेत्रबाट १० अर्ब रुपैयाँ मासिक गुमेको छ । ११ महिनामा पर्यटन क्षेत्रले १ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको सिइओ रेग्मी बताउँछन् । 

अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा आत्मबल बढाउन सरकारले पहल गर्न आवश्यक रहेको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । होटेल, एयरलाइन्स तथा अन्य पर्यटन क्षेत्रले आफ्ना प्याकेजहरू सार्वजनिक गरेर प्रवद्र्धन गरिरहेको, तर सरकारको तवरबाट खास पहल नभएको शाहको भनाइ छ ।

व्यवसायीहरूले प्रोटोकल बनाएर कार्यान्वयन गरिरहेका छन् । जसमा होटेल, एयरलाइन्स, रेस्टुरेन्ट, ट्रेकिङ तथा आरोहण गराउने सबै व्यवसायीले प्रोटोकल कार्यान्वयनमा ल्याएका छन् । ‘व्यवसायीहरूले भारतीय, चिनियाँहरू तथा अन्य देशका आउँदा यसो गर्छौँ भनेर प्रवद्र्धन गरिरहका छौँ,’ शाहले भने, ‘पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डले पहल गरिरहे पनि प्रधानमन्त्रीले नै मन्त्रिपरिषद्बाट निर्णय गराएर स्वेतपत्र जारी गर्न आवश्यक छ ।’ आउने सिजनका लागि चीन, भारतबाट धेरै नै सोधखोज भइरहेकाले सरकारले विश्वासको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए  ।