१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण ६ बिहीबार ०९:५७:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

मगर संस्कृति चिनाउने चलचित्र मिर्ही

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ६ बिहीबार ०९:५७:००

मगर संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले रफ्तार मिडिया प्रालिले मिर्ही (भाग्य) चलचित्र निर्माण गरेको छ । बुधबार चितवनमा आयोजित कार्यक्रममा चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ पुस्तामा आफ्नै संस्कृतिबारे समेत चासो र रुचि घट्दै गएकाले उनीहरूमा संस्कृतिबारे चासो बढाउन चलचित्रले सहयोग गर्ने निर्माताको भनाइ छ ।

चलचित्रका लेखक, निर्देशक, निर्माता एवं नायकसमेत रहेका रमेश रानामगरले चितवनका मगर समुदायलाई कलाकार बनाएर सिनेमा बनाएको बताए । मगर समुदायको सिनेमा भए पनि भाषा भने नेपालीमै छ । यसकारण अन्य समुदायका दर्शकले पनि चलचित्रबाट मनोरञ्जन प्राप्त गर्ने राना बताउँछन् ।

यो सिनमा पहिलो चरणमा चितवनका ४४ वटा गुठीसहित मगर समुदायको बहुल्यता रहेको ठाउँमा प्रदर्शन गरिनेछ । सिनेमा निर्माणमा १४ लाख रुपैयाँ खर्च भएको छ र १५ दिनमा छायांकन सकिएको निर्माता रमेश रानामगरले बताए ।

सिनेमा एक घन्टा ३८ मिनेटको छ । उनका अनुसार सिनेमा चितवन, तनहुँ, कास्कीलगायतका ठाउँ छायांकन भएको छ । सिनेमालाई पछि मगर भाषामा पनि डब गर्ने योजना रहेको छायांकन सम्पादन घना गुरुङले बताए ।