१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपासहित चार पार्टीको संयुक्त मोर्चा घोषणा, चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:५९:oo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको घोषणा गरेका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार आयोजित कार्यक्रममा मोर्चाको घोषणा गरिएको हो । 


मोर्चाले सरकारविरुद्ध २९  माघदेखि १८ फागुनसम्मका लागि पहिलो चरणका संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । घोषित कार्यक्रमअनुसार मोर्चाले ६ फागुनमा बुटवल, १४ फागुनमा धनगढी र १८ फागुनमा इटहरीमा जनसभा गर्ने भएको छ । 


मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । 

कार्यक्रमामा मोर्चाको केन्द्रीय समिति पनि घोषणा गरिएको छ । रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिजाल छन् । बाँकी तीनजना भने पछि परिपूर्ति गर्ने मोर्चाले जनाएको छ । 

मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरूमा समेत समिति गठन गरिनेछ ।

ad
ad