१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा केटु आरोहण टोलीको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२६:oo

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल)ले विश्वकै दोस्रो अग्लो हिमाल आरोहण गर्ने नेपाली टोलीको सम्मान गरेको छ । बैंकले आरोही निर्मल पुर्जाको नेतृत्वमा १० जना नेपाली आरोहीको टोलीले हिउँदमा विश्वको दोस्रो उच्च हिमाल केटुको शिखरमा पुग्ने पहिलो स्थानमा नयाँ विश्व कीर्तिमान स्थापित गरेकोमा सम्मान गरेको हो । 

‘क्रुर हिमाल’ उपनाम पाएको केटु विजयका लागि सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र यसलाई जाडो मौसममा आरोहण लगभग असम्भव मानिँदै आएको थियो । नेपाली आरोहीहरूले त्यो मान्यता माघ ३ गते शनिबार स्थानीय समय साँझ पाँच बजे हासिल गरेकाले सम्मान गरिएको बैंकले जनाएको छ ।

सिएसआर रणनीतिअनुरूप, बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० नेपाली आरोहीको सम्मानमा कार्यक्रम आयोजना गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले ८३ शाखा, १ सय २८ एटिएम, २० एक्सटेन्सन काउन्टर १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

ad
ad