Skip This
भारतमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, १२ दिनपछि उजुरी दर्ता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o९:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, १२ दिनपछि उजुरी दर्ता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:३o:oo

गत पुस २३ गते बारबर्दिया नगरपालिका– ३ खुरखुरे सुकुमबासी फाँटा बस्ने कृष्णा विक सुकुमबासी आयोगको फारम भर्नका लागि भारतबाट नेपाल आइन् । नेपाल फर्कँदा श्रीमान् खड्गबहादुर विकसहित एक छोरा र एक छोरी सकुशल छोडेर आएकी थिइन् । 

माघ ९ गते (जनवरी २२ तारेख) को दिन उनी भारत जाँदा छोरी त के छोरीको शवसम्म देख्न पाइनन् । उनी नेपालबाट हिँडेकै दिन छोरी सुमित्रा विकको आफ्नै डेरामा घरमालिकहरूद्वारा सामूहिक बलात्कारपछि हत्या भयो । घरजग्गा खोज्नका लागि छोरीलाई छोडेर नेपाल आएकी कृष्णाले घरमालिककै सिकार छोरी भएको पाइन् । उनले सोचेकी पनि थिइनन् घरमालिकबाटै छोरी असुरक्षित हुन्छे भनेर ।

माघ ८ गते सुमित्राका बुबा खड्गबहादुर विक मण्डवा चैनपुर बजारमा चिया बेच्न गएका थिए । उनी रातभर बजारको चौकीदारी गर्थे भने दिनभर बजार घुमेर चिया बेच्ने गर्दथे । सुमित्राको दाजु कुनै कामले बजारतिर नै गएका थिए । करिब ४ बजेतिर बहिनीलाई भोक लागेको होला भनेर दाजुले नास्ता लिएर कोठामा जाँदा बहिनी मृत अवस्थामा फेला परिन् । बहिनीको शव उत्तानो अवस्थामा थियो । गलामा रातो डामसहित बहिनी मृत फेला परेपछि उनी रुँदै बुबालाई खोज्न बजार गए । 

माछा बजारको छेउमा बुबालाई भेटाएपछि उनले बुबालाई बहिनीको हत्या भएको बताए । बुबा आत्तिँदै कोठामा आउँदा रक्ताम्य अवस्थामा छोरीलाई मृत अवस्थामा भेट्टाए । उनले नजिकैको मेडिकल हलमा लगेर देखाउँदा छोरीको मृत्यु भएको प्रमाणित भएपछि पुनः कोठामा ल्याएका थिए । 

बुबा खड्गबहादुर विकले प्रहरीमा उजुरी गर्न खोज्दा घरमालिक र उनका आफन्तहरूले रोकेको मृतक बालिकाको भिनाजु नवलसिंह विकले बताए । अघिल्लो दिन घरबाट हिँडेकी आमा आउने वेलासम्म पनि पीडितको शवलाई राख्न दिएनन् ।

घरमालिक सियाराम साह र उनका आफन्तले शव नजलाई राखेमा र कतै उजुरी गरेमा उनीहरूलाई पनि मारेर लास नेपाल लगेर फालिदिने धम्की दिँदै शवलाई  राति १२ बजे नजिकैको खोल्सामा जलाएको मृतक बालिकाको बुबा खड्गबहादुरले बताए ।  ‘मलाई लास नजलाएमा र छोरीको हत्या भएको कतै बताएमा मार्ने वा  जेलमा कोचिदिने धम्की दिँदै खाली कागजमा सही गराएर जबर्जस्ती कोठाबाट छोरीको शव लगेर जलाए ।  मैले आमा आउने वेलासम्म शव उठाउँदिनँ भन्दाभन्दै पनि उनीहरूले जबर्जस्ती उठाएर जलाए,’ उनले भने । 

खड्गबहादुरका अनुसार शव जलाइसकेपछि मारपिट गरेर धम्की दिँदै घरबाट निकालेर नेपालतर्फ लखेटेका थिए । सोही कारणले उनीहरूले तत्कालै प्रहरीमा रिपोर्ट गर्न नसकेको विकले बताए । नेपाल फर्किएपछि नेपालबाट केही साथीहरूसहित गई भारतमा उजुरी गरेको उनले बताए । हाल बुबा, आमा र बालिकाको दाइ भारतको मण्डवा चैनपुरमा नै छन्  भने बालिकाको भिनाजु बर्दिया आएका छन् । 

घटनाको उजुरी भारतको कुण्डवा चैनपुर थानामा गत माघ २० गते (फेब्रुअरी २ तारिख) मा दर्ता भएको छ । सामूहिक बलत्कारपछि हत्या गरिएको र प्रमाण नष्ट गराएको आरोपमा ११ जनाविरुद्ध उजुरी दर्ता गरिएको मृतक बालिकाको भिनाजु नवलसिंह विकले बताए । 

घटनाको बारेमा प्रेस नोट जारी गर्दै पूर्वी चम्पारण मोतीहारीका पुलिस अधिक्षकले घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरिएको जानकारी गराएका छन्  । अन्यलाई पक्राउका लागि टोली खटाएको बताएका छन् ।  माघ २३ गते घटनाकै बारेमा फोन रेकर्ड भाइरल भएपछि घटना लुकाउन प्रहरी नै संलग्न भएको भन्दै  कुण्डवा चैनपुरका थानाध्यक्ष सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरी अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ । 

पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले बिबिसीसँग भाइरल भएको अडिओबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही र कर्तव्यहीनता स्पष्ट भएकाले उनलाई निलम्बन गरिएको बताएका छन् । उनीविरूद्ध एफआरआई दर्ता भएको उनको भनाइ छ । भाइरल भएको अडिओमा सञ्जीवकुमारले एकजना अभियुक्तलाई ‘केटीको शवको व्यवस्था गरिदेऊ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेऊ’ भनेका छन् ।

एसपी झाले बिबिसीलाई बताएअनुसार अहिलेसम्म दुईजना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरूलाई बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा चलाइएको छ । पोस्टमार्टम नगरी शव जलाइएकाले उनको हत्या कसरी भएको थियो भन्ने खुल्न सकेको छैन ।

पीडित बालिकाको परिवार ०६३ सालदेखि बारबर्दिया नगरपालिका– ३ को खुरखुरे सुकुमबासी फाँटामा बसोवास गर्दै आएको छ । आफ्नो नाममा जग्गाजमिन नभएको र बस्नका लागि सामुदायिक वनभित्र रहेको सुकुमबासी बस्तीमा सानो घर भएको कारण भारतमा ज्याला–मजदुर गरेर जीविकोपार्जन गर्दै आएका थिए ।

विक र उनका परिवार करिब आठ वर्षअघिदेखि भारतको कुण्डवा चैनपुरमा बस्दै आएका छन् । हालै नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगद्वारा भूमिहीनरूको तथ्यांक संकलन गरिरहेको छ । सोही क्रममा बालिकाकी आमा नेपाल आएकी थिइन् । 

ad
ad