१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अशोक लेलैन्डका भाइकिङ २२२ मोडलका बस हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५९:oo

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले काठमाडौंमा एक कार्यक्रम गरी भइकिङ २२२ मोडलका बसहरू ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ग्राहकलाई २०२१ मोडलका गाडी हस्तान्तरण गरेको हो । 

कम्पनीले हाल नेपालका सडकमा भाइकिङ २२२ गाडी सयवटाभन्दा पनि बढी बाटोमा गुडिरहेको जनाएको छ । डेलिभरी गरिएका २०२१ मोडलका बसहरू यस वर्ष पहिलोपटक नेपालमा गुड्ने कम्पनीले जनाएको छ ।

गाडी खरिद गरेका एक ग्राहकले हाल पनि १० वटा भाइकिङका गाडी रहेको र पूर्व–पश्चिम राजमार्गमा समस्याविना चल्दै आएको जनाएको कम्पनीले उल्लेख गरेको छ । ग्राहकको मागअनुसार आरामदायी यात्रा साथै राम्रो कमाइ हुने भएकाले आफूले भाइकिङ २२२ रोजेको उनको भनाइ छ । 

यसमा इनलाइन फ्युल पम्पका साथै एच सिरिज इन्जिन रहेको कम्पनीले जनाएको छ । यसका कारण इन्धन कम खपत हुनुका साथै मर्मत खर्च कम लाग्ने कम्पनीको दाबी छ । यो बसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनका साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । 

ad
ad