१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ १५ बिहीबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राहत लिएर जुम्लाको गोठीगाउँ पुग्यो सरकारी टोली

Read Time : < 1 मिनेट
२०७७ माघ १५ बिहीबार १३:०४:००

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोली अग्निपीडितलाई राहत लिएर घटनास्थल जुम्लाको तिला गाउँपालिका– ७ गोठीगाउँमा पुगेको छ । 

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेश सभा सदस्य दीनबन्धु श्रेष्ठ, पदमबहादुर रोकाया, जुम्लाका समन्वय उपप्रमुख कर्मा बुढा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतीलाल रोकाया बिहीबार बिहान  घटनास्थल पुगेका हुन् ।  

समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा पर्ने गोठीगाउँवासीहरूका लागि  न्यानो कपडासहित खाद्यान्नका राहत पठाइएको कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए ।

आगलागीबाट सवा तीन करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान सुरक्षा निकायले गरेको छ । प्रहरीको मुचुल्का रिपोर्टका अनुसार मानवीय क्षति नभए पनि करिब तीन करोड १८ लाखबराबरको भौतिक धनमाल क्षति भएको छ । जलेका ३२ घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेर नष्ट भएको प्रहरी निरीक्षक थापामगरले बताए । चुलाको पाइपबाट आगोको झिल्को बाहिर गएर छतमा राखिएको घाँसमा टिपेको र त्यहीँबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

आगलागीको खबर आएलगत्तै मंगलबार राति नै १८ प्रहरी र सशस्त्रका नौ प्रहरीको टिम घटनास्थल पुगेको थियो ।