१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ माघ १४ बुधबार १२:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

निश्चिन्त भएर कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ माघ १४ बुधबार १२:४०:००

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड– १९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूका लागि खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । १० दिनसम्म सञ्चालन हुने यो अभियानमा करिब चार लाख ५० हजारजनाले खोप लगाउन पाउनेछन् । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरूले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

पहिलो खोप लगाउनुभएका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी, डा. अनुप बाँस्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि आफूहरूलाई केही पनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे ।