Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ ७ बुधबार १४:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारत सरकारले दिएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७७ माघ ७ बुधबार १४:१८:००

भारतले नेपाल सरकारलाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा द्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

भारतले दिएको खोपको पहिलो खेप भोलि बिहीबार नै काठमाडौं आइपुग्ग्ने उनले बताएका छन् । ती खोप पहिलो चरणमा फ्रन्टलाइनमा रहेर कोरोना भाइरस महामारीविरुद्ध काम गरिरहेका व्यक्तिहरूलाई दिइनेछ ।  

फ्रन्टलाइनमा रहेर काम गरिरहेका व्यक्तिलाई दिएर बाँकी रहेको खोप जोखिममा रहेका अन्य व्यक्तिलाई दिने मन्त्री त्रिपाठीले बताए ।