१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस/सिन्ह्वा वासिङ्टन
२०७७ माघ ६ मंगलबार १५:१३:००
Read Time : < 1 मिनेट
विश्व

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा वासिङ्टन
२०७७ माघ ६ मंगलबार १५:१३:००

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रूपमा शपथग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । 

‘मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै बिदा लिएको छैन, म सिनेटमै रहन्छु,’ उनले ट्विटरमा लेखेकी छिन् । अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्नेछिन ।  अमेरिकाको सिनेटमा अहिले डेमाेक्य्राटिक र रिपब्लिकन दुवै पक्षका ५०–५० जना सदस्य छन् । 

ह्यारिस डेमोक्य्राटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनीसँगै डेमाेक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । दुवैजना यही २० जनवरीमा शपथग्रहण गर्दै ह्वाइटहाउस प्रवेश गर्नेछन् ।