मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ३ बुधबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ३ बुधबार १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयरल्यान्डमा सभामुखको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार १३:३१:oo

एक साता लामो आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन्। उनले मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गरेका छन्। 

भेटमा दुई देशबीच संसदीय आदान–प्रदानलगायतका विषयमा छलफल भएको सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए।
 
भेटमा सभामुख घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्यान्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए। उनले सन् २०१९ सेप्टेम्बरमा आयरल्यान्डको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ट बनाएको उल्लेख गरेका थिए। 

सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदान–प्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए। साथै उनले सुरक्षा परिषदमा नेपालले आयरल्यान्डलाई समर्थन गरेकोमा धन्यवादसमेत दिए। अध्यक्ष बटाइमरले नेपालको शिक्षा तथा पर्यटनका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिए।