१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ माघ ५ सोमबार १५:४९:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाएका ४४७ जनामा साइडइफेक्ट देखियो 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ माघ ५ सोमबार १५:४९:००

भारतमा दुई दिनमा दुई लाख सात हजार दुई सय २९ जनाले कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । १६ र १७ जनवरीमा भ्याक्सिन लगाएकामध्ये चार सय ४७ जनामा साइडइफेक्ट देखिएको हो । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जम्मा चार सय ४७ जनामा साइडइफेक्ट देखिएको जनाइएको थियो । स्वास्थ्यसचिव डा. मनोहर अगनानीले साइडइफेक्ट देखिएकाहरूको अवस्था पनि सामान्य रहेको बताए । साइडइफेक्ट देखिएकामध्ये जम्मा तीनजनालाई अस्पताल भर्ना भएको छ । भर्ना भएकाहरू पनि २४ घन्टाभित्रै डिस्चार्ज भइसकेका छन् । उनले भ्याक्सिन लगाएका धेरैजसोमा हल्का ज्वरो आएको, टाउको दुखेको र शरीर चिलाउने समस्या भएको जनाए । 

खोप अभियान सुरु भएको दोस्रो दिन आइतबार आन्ध्र प्रदेश, कर्नाटक, केरल, मणिपुर र तमिलनाडुमा भ्याक्सिन दिइएको थियो । भारतले यो अभियानलाई विश्वकै ठूलो खोप अभियान दाबी गरेको छ ।