१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २ शुक्रबार १६:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वविद्यालयको पदाधिकारीमा एउटै व्यक्तिलाई तेस्रो कार्यकालका लागि नियुक्ति गर्नुहुँदैन : संघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २ शुक्रबार १६:२२:oo

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालयमा यसअघि स्थापित मान्यताविपरीत एउटै व्यक्तिलाई तेस्रो कार्यकालका लागि नियुक्ति गर्न नहुने जनाएको छ । 

संघले विज्ञप्ति निकालेर यसअघि स्थापित दोस्रोपटकभन्दा तेस्रोपटकका लागि एउटै व्यक्तिका लागि सोही पदमा ल्याउन नहुने मान्यता उल्लंघन गर्न नहुने जनाएको छ । 

संघले यसअघि विश्वविद्यालयमा उपकुलपति रही सकेका डा. सुरेशराज शर्मा र डा. रामकण्ठ माकाजूले स्थापित गरेको बढीमा दोस्रो कार्यकालसम्म मात्र सक्रिय रहेन व्यवस्था अब नाघ्न नहुने जनाएको छ । 

संघले विज्ञप्तिमार्फत विश्वविद्यालयमा नेतृत्व गर्ने धेरै व्यक्तिहरू हुँदाहुँदै एउटै व्यक्तिलाई नै पटक–पटक उपकुलपति सिफारिस गरिनु हुँदै नहुने जनाएको छ । 

यसले विश्वविद्यालयमा बेथिति निम्त्याउने संघको ठहर छ ।