१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २९ बुधबार
  • Saturday, 05 July, 2025
२o७७ पौष २९ बुधबार ११:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसद् विघटनविरुद्ध प्रज्ञा भवनमा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २९ बुधबार ११:१५:oo

प्रज्ञा भवनको डबलीमा मंगलबार कलाकारहरूले संसद् विघटन असंवैधानिक भन्दै कालो रंग र ब्रस लिएर प्रदर्शन गरे ।

लामो सेतो कपडा बिछ्याइएको छ । सेतो कपडामा रंग छ्यापिरहेका छन् कलाकारहरू रवि मिश्र, रवीन्द्र श्रेष्ठ र रसिक राज । मुमेन्ट आर्टमा कालो, पहेँलो र रातो रंगसँगै कलाकारका हात कपडामा दगुरिरहेका छन् । कालोले भन्छ– प्रतिगमन, सरकारको असंवैधानिक कदम । पहेँलोले भन्छ– केपी ओलीको पञ्चायतकालीन रवाफ । रातोले भन्छ– आशाहरू निभ्न दिनुहुँदैन, परिवर्तन असम्भव छैन । प्रत्येक निरंकुश शासक पतन भएर जानेछ ।  नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाको क्यामेरामा कैद भएका केही तस्बिर :