१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष २२ बुधबार २०:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ पौष २२ बुधबार २०:१३:००

नेपाली सेनाको गाडीले ठक्कर दिँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकराजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका १ स्थित नेपाली सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकलचालक सप्तरीको अग्निसाइर–कृष्णसवरण गाउँपालिका वडा नम्बर २ बस्ने ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १ ग १९८१ नम्बरको नेपाली सेनाको गाडीले सोही दिशाबाट जाँदै गरेको स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका थारूको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी साहले बताए ।

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ भने गाडी र चालक सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष ३७ को मनीषराज राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको साहले बताए ।