१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २१:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

३० एसपी र ६९ डिएसपीको सरुवा, १८ जिल्लाका प्रहरी प्रमुख फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:oo:oo

प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना प्रहरी उपरीक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् । 

एसपीको सरुवाअनुसार झापामा सानुराम भट्टराई, पर्सामा  बेलबहादुर पाण्डे, मकवानपुरमा सोमेन्द्रसिंह राठौर, काभ्रेमा भूपेन्द्र खत्री, धनुषामा प्रकाश रानाभाटलाई पठाइएको छ । सिन्धुलीमा आभूषण तिमल्सिना, कञ्चनपुरमा उमाप्रसाद चतुर्वेदी, बारामा दीपेन्द्र शाहीको सरुवा भएको छ । 

बाग्लुङमा काज सरुवा भएका लोकेन्द्र श्रेष्ठ, रौतहटका सिद्धिविक्रम शाह, धादिङका महेन्द्र श्रेष्ठको सोही जिल्लामा दरबन्दी कायम गरिएको छ । 
 
त्यस्तै ६९ जना डिएसपीको सरुवामा पनि विभिन्न पहाडी तथा हिमाली १० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । 
 
रसुवामा देवेन्द्र पाण्डे, म्याग्दीमा श्यामकुमार राई, सोलुखुम्बुमा कवित कटवाल,  दोलखामा भेषराज रिजाल, जाजरकोटमा मधुकुमार थापा,  मनाङमा सुवास खड्का, रामेछापमा नवराज ढुंगाना, ओखलढुंगामा गोविन्द काफ्लेको सरुवा भएको छ । ध्रुवकुमार श्रेष्ठको पश्चिम रुकुम तथा पूर्वी रुकुममा गणेश श्रेष्ठको सरुवा भएको छ ।  

उपत्यकाको जनसेवा वृत्तमा डिलबहादुर मल्ल तथा बालाजुमा निर्मल बुढाथोकी, सातदोबाटोमा दिनेश घिमिरे, चापागाउँमा टेकबहादुर कार्की क्षेत्री, थानकोटमा मोहन खाणलाई पठाइएको छ ।

ad
ad