मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Monday, 14 July, 2025
संजित परियार काठमाडौं
२o७७ पौष २१ मंगलबार १३:o७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंको वायु प्रदूषण, खतराको घन्टी [फोटोफिचर] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार १३:o७:oo

साेमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडाैंमा वायु प्रदूषणले खतराकाे तह पार गरेकाे छ । साेमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन ।

संसारकै प्रमुख सहरहरूको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आइक्युएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो । 

आज देशभरको मौसममा बदली भएर हल्का वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौंको आकाशलाई तुवाँलोले ढाकेको छ । बिहीबारबाट मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।