१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o५:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चितवनको हाकिमचोकमा एभरेस्टको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:५३:oo

एभरेस्ट बैंक लिमिटेडले चितवनको हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको छ । १५ पुसमा दाङको घोराहीमा ९९औँ शाखा सञ्चालनमा ल्याएको बैंकले हाकिमचोकमा १००औँ शाखा सञ्चालनमा ल्याएको हो । हाकिमचोकको शाखा बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ । 

उद्घाटनपछि बैंकका प्रमुख कार्यकारी अधिकृत नेगीले त्यस क्षेत्रका बासिन्दालाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बंैकिङ सेवा प्रदान गराउने आश्वासन दिएको बैंकले जनाएको छ । त्यस्तै, घोराहीको शाखा बैंकका सहायक महाप्रबन्धक केशव पौडेल र घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले संयुक्त रूपमा उद्घाटन गरेको जनाइएको छ । 

ad
ad