१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज आठौँ राष्ट्रिय पोसाक दिवस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५o:oo

आज (शुक्रबार) आठौँ राष्ट्रिय पोसाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

‘हाम्रो शान हाम्रो स्वाभिमान, राष्ट्रिय पोसाक हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोसाक दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरी राष्ट्रिय पोसाक दिवस मनाएको छ । 

अंग्रेजी नयाँ वर्षको पहिलो दिनसमेत पर्ने यस दिनमा देश–विदेशमा छरिएर रहेका नेपालीले नेपाली पोसाक दौरा, सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचारप्रसार गर्ने गरेका छन् । २०७० साल पुस १७ देखि यस दिनलाई राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउन थालिएको हो । 

यस दिवसको संयोजन गर्दै आएका राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धराशायी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोसाक दिवसको सुरुवात गरिएको बताए । 

सरकारले नेपालको सबै जातजाति, भाषा, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने साझा पोसाक घोषणा गर्नुपर्ने पनि उनले बताए । 

यस दिन देश–विदेशमा छरिएर रहेका नेपालीले स्वस्फुर्त रूपमा दौरासुरुवाल तथा गुन्युचोली लगाएर विभिन्न कार्यक्रममा भाग लिने तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दै आएका छन् ।

ad
ad