१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्जर पेन्ट्सको बम्पर पुरस्कार विजेता सापकोटाले पाए ५ लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१o:oo

बर्जर पेन्ट्सले बर्जर कलर स्प्ल्यास २०७६ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारको रकम ५ लाख रुपैयाँ प्रदान गरेको छ । एक कार्यक्रम आयोजना गरेर कम्पनीले प्रवद्र्धनात्मक अफरअन्तर्गत प्रथम पुरस्कार विजेता पूर्णमान गुरुङ र रमेश श्रेष्ठ प्रत्येकलाई जोडी लन्डन ट्रिप प्याकेजको टिकट र आधिकारिक पत्र पनि प्रदान गरेको हो । 

लक्की ‘ड्र’मार्फत २५ जना विजेतले दोस्रो पुरस्कारबापत ३२ इन्चको सामसङ टिभी, ५० जना विजेताले तेस्रो पुरस्कारस्वरूप आन्तरिक ट्रिप र १ सयजना विजेताले सान्त्वना पुरस्कारमा सामसङ एम२० पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

विजेतालाई बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर सैवाल घोष, चिफ अपरेटिङ अफिसर सत्य प्रकाश तथा टर्किस एयरलाइन्स इन्क, नेपालका जनरल म्यानेजर अब्दुल्ला टुन्सेर केसेसीका साथै अन्य अधिकारीको उपस्थितिमा पुरस्कारहरू वितरण गरिएको जनाइएको छ ।

 कम्पनीले २०७६ सालको दसैँ–तिहारको अवसरमा ग्राहकले सीमित बर्जर पेन्ट्सका उत्पादनको खरिद गर्दा १ सय वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गर्नुका साथै भाग्यशाली गोलाप्रथा र डिजिटल प्रतियोगितामार्फत अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्रदान गरेको थियो । 

ad
ad