१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

आजदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:१८:oo

नवौँ संस्करणको ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल २०२०’ पोखरामा आजदेखि सुरु हँुदै छ । नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित बुकवर्म फाउन्डेसनको आयोजना र  र्‍यान्डम रिडर्स सोसाइटीको सहआयोजना तथा आइएमई ग्रुपको मुख्य प्रायोजनमा हुन लागेको फेस्टिभल दुई दिन चल्नेछ ।

पोखराको सराङकोटमा हुने फेस्टिभलको पूर्वसन्ध्यामा सोमबार शुभारम्भ साँझ आयोजना गरियो । फेस्टिभलको औपचारिक उद्घाटनअघि भएको साँझमा गजल मेहफिलको कार्यक्रममा प्रदीप रोदन र अमृत सुवेदीले १० भन्दा बढी गजल वाचन गरे । साहित्य साधना प्रतिष्ठान गोरखाका महासचिवसमेत रहेका रोदन गजल प्रस्तुतिका कारण चर्चित छन् ।

नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका उनले फेस्टिभलमा प्रेम, राजनीतिक एवं समसामयिक विषयका विविध गजल सुनाए । फेस्टिभलमा उद्योगी, साहित्यकार, लेखक, पत्रकार, कलाकार, सेलेब्रिटी एवं विशिष्ट व्यक्तित्वहरू गरी ५० जनाभन्दा बढी वक्ताहरूको सहभागिता रहने सहआयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले जानकारी दिए ।

यस वर्ष कोभिडका कारण भर्चुअल माध्यमबाट फेस्टिभलका सबै सत्रहरू सामाजिक सञ्जाल एवं आयोजकको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने उनी बताउँछन् । डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ ।

फेस्टिभलमा साहित्यको अर्थ, कोरोनाकालीन उद्योग वाणिज्य, युवाको नजरमा नेपाल, पढ्ने हुटहुटी, कोरोनाले गलाएको जनस्वास्थ्य, के सम्पदा के बसोवास र कर्मठ केटीहरू, क्वेयर हुनुको अर्थ, अद्भुत व्यक्तित्व, असाधारण लेखन, तीन आख्यान, कोरोनापछिको सिनेमा, संघीयतामा अवसरहरू, महारानीको राजनीति, जलवायु परिवर्तन र हाम्रो भविष्य, प्रदेशबाट देखिने देश गरी १५ वटा सेसन हुनेछन् ।

ad
ad