मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १० शुक्रबार १४:२२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोभिडलाई कारण देखाएर खेल नरोक्ने एन्फाको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १० शुक्रबार १४:२२:००

विश्वभर महामारीको रूप लिएको कोभिड– १९ को असर नेपाली फुटबलमा पनि देखियो । 

चैत ४ बाट रोकिएको ‘बी’ डिभिजन लिग सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो देखाइसकेको छ । 

सँगै ‘सी’ डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्नेसमेत बताएको छ । 

सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट सुरु हुने सर्वविदित नै भएको छ । 

एन्फाले ‘सी’ डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सुरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमति बनाएको हो । 

कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको ‘सी’ डिभिजन लिग स्थगित बनेको थियो र अब कोरोनाका कारण प्रतियोगिता नरोकिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । 

विभिन्न ठाउँमा देखिएको असरपछि कोरोनका कारण फुटबल पनि अछुतो रहेन । 

संक्रमणको डरले फुटबल बन्द रह्यो । एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यथास्थानमा सुरु गरेर अगाडि बढाउने भएको छ ।

एन्फा ‘सी’ डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउनसमेत सहमत बनेको छ । सहमतिपछि एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको र सोही मापदण्डलाई पूरा गरेर प्रतियोगिता सुरु गर्ने लिग निर्देशक सञ्जीव मिश्रले बताए । 

विश्व महामारीको चपेटा परे पनि तोकिएका स्वास्थ्य प्रावधान अपनाउँदै चर्चित फुटबल प्रतियोगिता सुरु भइसकेका छन् । 
तर, नेपाली फुटबल फर्किनलाई अझै राम्रो र सहज वातावरण मिलेको छैन । फुटबलको सर्वाेच्च निकाय एन्फाले कोरोनाको डरभन्दा पनि कोरोनालाई परास्त गर्दै कदम चाल्नुपर्ने अवस्था आएको बताएको छ ।