१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बन्दिपुरमा पर्यटन सूचना केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o७:oo

 बन्दिपुर गाउँपालिकाले बन्दिपुरमा पर्यटन सूचना केन्द्र निर्माण गर्ने भएको छ । बन्दिपुर आउने पर्यटकको संख्यालगायतको सम्पूर्ण जानकारीको तथ्यांक पर्यटन सूचना केन्द्रमा राखिने गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय बन्दिपुर आउने पर्यटकको संख्या बढ्दै गएपछि बन्दिपुरको प्रवेशद्वारमै पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको अध्यक्ष पूर्णसिंह थापाले बताए । ‘प्राकृतिक दृष्टिकोणले पनि रमणीय छ । त्यस्तै, जाडोको समयमा पनि बिहानै घाम लाग्ने र गर्मीमा पनि चिसो हावा चल्ने गर्छ, त्यसकारण पनि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गर्छ । त्यसैले पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गर्ने योजना बनाएका हौँ,’ उनले भने । 

गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा पर्यटन सूचना केन्द्र निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । अब छिट्टै नै निर्माण काम अघि बढाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेस सुवेदीले बताए । बन्दिपुर गण्डकी प्रदेशको पोखरापछिको धेरै पर्यटक आउने ठाउँ रहेछ ।

सूचना केन्द्रमार्फत पर्यटकले घुम्न जाने ठाउँको विषयमा जानकारी पाउँछन् । ‘हामीले घुम्न जाने ठाउँहरूको जानकारी दिन नक्सा पनि बनाएर राख्छाैँ, जसले गर्दा उनीहरूलाई सहज होस्,’ उनले भने, ‘पर्यटक कहाँबाट आएको हो, कति दिन बस्छन्, कहाँ बस्छन् ? सबैको तथ्यांक राखिन्छ ।’ गत वर्ष आन्तरिक तथा बाह्य गरी डेढ लाखले बन्दिपुर भ्रमण गरेको भए पनि यो वर्ष कोरोनाका कारण भएको बन्दाबन्दीले पर्यटन क्षेत्र प्रभावित बनेको छ । 

ad
ad