१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २२ शनिबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बेरोजगार युवाहरूका लागि प्रदेश १ मा स्किम बैंक कार्यक्रम 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५५:oo

बेरोजगार रहेका तर, व्यवसाय गर्ने सोच भएका युवाहरूका लागि प्रदेश १ मा स्किम बैंक सञ्चालन हुने भएको छ ।  प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले  नाैवटा जिल्लाका १८ वटा स्थानीय तहमा युवाहरूलाई लक्षित गर्दै स्किम बैंक सञ्चालन गर्ने भएको हो । 

आगामी १ माघदेखि सुनसरीको  दुहबी र बराहक्षेत्र,  मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङ्वरक, इलामको सूर्याेदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी पालिकाहरूमा स्किम बैंक सञ्चालन हुने समाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
     
मन्त्री घिमिरेका अनुसार पुँजी भएर पनि सम्भाव्यताअनुसारको स्किम नभएका युवालाई उद्यम गर्नका लागि स्किम दिइनेछ ।मन्त्रालयले चालू आर्थिक वर्षमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि १० करोड ५० लाख खर्च गर्ने योजना बनाएको छ ।     

 

ad
ad