हाल बन्द रहेको भारत र चीनसँगको सीमा बन्द नै राख्ने सरकारको निर्णय

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

सरकारले कोरोना महामारीपछि बन्द गरेको भारत र चीनसँगको सीमालाई अझै बन्द राख्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बन्द रहेको सीमालाई अझै बन्द अवस्थामा नै राख्ने निर्णय गरेको हो । 

एक मन्त्रीले कोरोनाको अवस्थालाई विचार गरेर सीमा अझै बन्द नै राख्ने निर्णय गरिएको बताए । 

सरकारले कोरोना महामारीपछि अत्यावश्यक अवस्थामा भारततर्फ ११ वटा नाकाबाट र चीनतर्फ एउटा नाकाबाट आवतजावत गर्न पाउने निर्णय गरेको थियो । 

तराईका जिल्लाहरूमा सिमाना खुला गर्नुपर्ने मागसहित केही दिनदेखि स्थानीयले प्रदर्शनसमेत गर्दै आएका छन् । 

सुझावित समाचार