१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २८ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २८ आइतबार o६:o६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्री लालीगुराँस सहकारीमा नयाँ कार्यसमिति, २२ हजार सदस्य, १२ प्रतिशत लाभांश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २८ आइतबार o६:o६:oo

ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल तथा कदम जोशी प्रधान, भोलाकुमार श्रेष्ठ र आर्या सिंह भण्डारी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । 

साधारणसभाले लेखासमितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरूमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित गरेको सहकारीले जनाएको छ । संस्थाले आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजनाहरू अघि बढाउने जनाइएको छ । संस्था स्थापना भएको २ दशकमा सहकारीको सेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजस्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेका कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको बताए । 

सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर सञ्चालित करिब ३५ हजार सहकारीमध्ये  उत्कृष्ट संस्थाका रूपमा पहिचान बनाउन सफल रहेको दाबी गरे । त्यसैले सरकारले यो संस्थालाई नमुना सहकारी घोषणा गरिसकेको उनको भनाइ छ । साधारणसभामा संस्थाका १७ जना ज्येष्ठ सेयर सदस्य, संस्थाका सर्वाेत्कृष्ट, उत्कृष्ट र ५ वर्ष सेवा गरेका ५ जना उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको जनाइएको छ । सभाले सेयर सदस्यहरूलाई १२ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको जनाएको छ ।

विभिन्न क्षेत्रमा लगानी 
संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै ठूलो दाबी गरिएको गाई फार्म सञ्चालन गरेको छ । त्यस्तै, संस्थाको बहुउद्देश्यीय लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिखेलमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमूलमा श्री लालीगुराँस उच्च मावि–कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलगायत अन्य विभिन्न संघ–संस्थाहरूमा लगानी गरेको जनाइएको छ । अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्थामार्फत आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको संस्थाले जनाएको छ ।