१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिड खोपका लागि उचित गृहकार्य गर्न नागरिक अगुवाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२४:oo

नागरिक समाजका अगुवा तथा प्रबुद्ध व्यक्तिहरूले कोभिड–१९ विरुद्धको खोप आयात र वितरणका लागि पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा उचित गृहकार्य गर्न सरकारलाई अपिल गरेका छन् । 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित १० जना प्रबुद्ध व्यक्ति एवं नागरिक समाजका अगुवाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकारलाई कोभिडविरुद्धको खोपका लागि गृहकार्य गर्न घचघच्याएका हुन् । उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न सरकारलाई अपिल गर्छाैं ।’

प्रभावकारी काम नभए संकट निम्तने
खोप विकास, परीक्षण र वितरणसम्मका समाचारले कोभिड महामारीबाट मुक्ति पाउन सकिने आशा जागेको उल्लेख गर्दै नेपालले आफैँ खोप विकास नगरेकाले यसको खरिद, आयात र वितरणको विषय महत्वपूर्ण हुने जनाएका छन् । यसमा प्रभावकारी काम नभए महामारीले झन् संकट निम्त्याउने उनीहरूको ठहर छ । ‘राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘महामारी नियन्त्रणको प्रारम्भिक चरणमा झैँ अब पनि अव्यवस्था र अनियमितताहरू भए भने त्यसले यो संकटलाई झनै लामो बनाउनेछ ।’

कोरोना महामारी सुरु हुँदा औषधी खरिदमा अनियमितता भएको थियो । जसले गर्दा कोरोनाविरुद्धका औषधीजन्य सामग्री आयातको जिम्मा सेनालाई दिनुपरेको थियो । त्यसैले खोप खरिद र वितरणमा पनि त्यस्तो अवस्था आउन नदिन नागरिक अगुवाले सचेत गराएका हुन् । मंगलबार पूर्वप्रधानन्यायाधीश कार्कीसहित महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, विद्याधर मलिक, अनुराधा कोइराला, विमल कोइराला, नोबेलकिशोर राई, मोहना अन्सारी, रमेश खरेल र केदारभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । 

ad
ad