१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस/सिन्ह्वा
२o८१ बैशाख २४ सोमबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

ब्राजिलमा कोरोना भाइरसबाट एक लाख ७८ हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:४४:oo

ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या एक लाख ७८ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा कोरोनाका कारण ब्राजिलमा एक लाख ७८ हजार एक सय ५९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अमेरिकापछि ब्राजिल कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा पछिल्लो २४ घन्टामा आठ सय ४२ जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । केही महिनायताको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै  हो ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि ५० हजार जनामा संक्रमण पुष्टि भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत सातादेखि नै यहाँका कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६६ लाख ७४ हजार नौ सय ९९ जना संक्रमित फेला परिसकेका छन् ।

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लोपटक झन् धेरै संक्रमित भेटिन थालेपछि उनको विरोध भएको हो ।
 

ad
ad