१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस/सिन्ह्वा
२o८१ बैशाख १९ बुधबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ

जापान सरकारले थप सात सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा गर्दै

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:३६:oo

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्ने गरी मंगलबार थप आर्थिक प्याकेजको घोषणा गर्ने भएका छन् । 

सरकार र सत्तारुढ पार्टीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधिलगायतको विकासको ढोका खोलिने बताए । उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज सात सय सात अर्ब अमेरिकी डलरको हुने जानकारी दिए । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरेका छन् । 

मंगलबार नै मन्त्रिपरिषद्काे बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ ।

ad
ad