१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २२ सोमबार
  • Friday, 09 May, 2025
२o७७ मङ्सिर २२ सोमबार १२:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री भुसाल भन्छन् - कृषि मन्त्रालय र घरकी कान्छी बुहारी उस्तै  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २२ सोमबार १२:४६:oo

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृर्षि क्षेत्रमा आफुले उल्लेख्य काम गरेपनि त्यसकाे नतिजा तत्काल नदेखिएको बताएका छन् ।

अर्घाखाची सिमेन्ट उद्योग प्रालिकाे सहयाेगमा रुपन्देहीको सियारी गाउँपालिका–२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै मन्त्री भुसालले विगतको कृर्षि नीतिभन्दा भिन्न तरिकाले काम गरेका कारण यसकाे नतिजा देखिन समय लाग्ने बताए ।  

‘पुरानो घरलाई तोडेर नयाँ घर बनाउने क्रममा केही सरसमानहरु यताउता छुट्न सक्छन्, यो क्रममा केही कमजोरी पनि हुन सक्छन्’, मन्त्री भुषालले भने, ‘अब केही वर्ष पर्खिनुहोस् सबैले देखिने गरि रिजल्ट आउछ ।’ 

कृर्षि मन्त्रालय अन्य मन्त्रालयजस्तो काम गरेको तत्काल देखिने मन्त्रालय नभएको भन्दै उनले कृर्षि मन्त्रालयलाई एउटा घरकी कान्छी बुहारीसँग तुलना गरे । उनले भने,  ‘एउटी घरकी कान्छी बुहारीले घरका ससाना जति काम गरे पनि देखिँदैन हो, त्यस्तै यो मन्त्रालय पनि भएको छ ।’ 

मन्त्रालयले अहिले कृर्षि उत्पादनलाई भण्डारण गर्न सहज होस् भन्ने हिसाबले प्रत्येक पालिकामा गोदाम निर्माणको तयारी भइरहेको बताए ।

‘अहिले कृषिकै कार्यक्रममा पौने ५ अर्ब बजेट पालिकामा पठाएका छौँ,’ उनले भने, ‘एक महिनाभित्र प्रत्येक पालिकामा भन्डारण गर्न मिल्ने गरि गोदाम बनाउन थप १ अर्ब पठाउने तयारी गरेका छौँ ।’ 

कृषिको विकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको बताए । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उद्योगले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताइन् । 

स्वास्थ्य केन्द्र निमार्णका लागि अर्घाखाँची सिमेन्ट उद्योगले करिब एक करोड खर्च गर्न लागेको प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । ‘हामीले विगद केही वर्ष देखिनै स्वास्थ्य क्षेत्रमा लगानी गर्न चाहेका थियौँ । अहिले आएर अवसर पाएका छौँ’ उनले भने । 

यो भवन यसै आर्थिक वर्षभित्र निमार्ण सम्पन्न गरेर हस्तान्तरण गर्ने अग्रवालले बताए । ‘ए ग्रेड’को स्वास्थ्य चौकी निमार्णका लागि हामीले सहयोग गरेका छौँ । पछि यसलाई स्तरउन्नति गर्ने भए पनि उद्योगले थप सहयोग गर्ने छौँ ।’ उनले बताए ।

उद्योगका जिएम उद्वव कार्कीले उद्योगको सामाजिक उतरदायित्वअन्तर्गत यस्तो काम हरेक वर्ष हुने गरेको बताउँदै स्वास्थ्य क्षेत्रमा भने यो पहिलो भएको बताए । 

गाउँपालिकाको विकासमा निजी क्षेत्रको सहयोग उल्लेख्य रहेको पालिका उपाध्यक्ष अमृता गुरुडले बताइन् । 

मुलुकको विकास निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।