१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

सिं‌गे बुमीले लिए ७१ वर्षमा नागरिकता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:४४:oo

मुगुको सोरु गाउँपालिका– ३ भिई गाउँका सिंगे बुमीले ७१ वर्षकाे उमेरमा पहिलोपटक नागरिकता लिएका छन् । उनलाई बुधबार जिल्ला प्रशासन कार्यालय मुगुले नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो । 

००६ साल भदौमा जन्मिएका बुमी गत भदौ महिनामा ७१ वर्ष पूरा भएका छन् । कलिलो उमेरमै ज्याला-मजदुरी गर्न भारत पसेका उनलाई नेपाली भाषा बोल्न आउँदैन । भारतको गडुवालमा करिब ४० वर्ष बिताएका उनलाई आफ्नो पारिवारिक अवस्थाबारे पनि खासै याद नभएकाे बताउँछन् । 

उनी अहिले भाइको घरमा बस्दै आएका छन् । ४६ वर्षीय मन्दिरे बुमी उनका कान्छा भाइ हुन् । लामो समय खोजी गर्दै जाँदा गत वर्षको माघमा गडुवालमा मन्दिरेका छोराले उनलाई भेट्टाएर घर ल्याएका थिए । 

करिब ४०/५० वर्षपछि उनी भारतमा छन् भन्ने पत्ता लागेको सोरु गाउँपालिका– ३ का वडाध्यक्ष लालु धामी बताए । नागरिकता पाएपछि सरकारले दिने साामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ ।  

७१ वर्षको उमेर नागरिकता पाउने यो गाउँपालिकामा उनी पहिलो व्यक्ति भएको इलाका प्रशासन कार्यालय सोरुका कार्यालय प्रमुख खड्गबहादुर बस्नेतले बताए । उनले भने, ‘मेरो १२ वर्षे जागिरे जीवनमा यो उमेरमा नागरिकताको प्रमाणपत्र लिएको पहिलोपटक हो । उहाँलाई नागरिकताको प्रमाणपत्र आफ्नै हातबाट उपलब्ध गराउन पाउँदा खुसी लागेको छ ।’ 
 

ad
ad