मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १५ सोमबार
  • Saturday, 12 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७७ मङ्सिर १५ सोमबार १९:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खानेपानीमन्त्री मगरको दाबी– चुनावी प्रतिबद्धता पूरा गर्छाैँ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७७ मङ्सिर १५ सोमबार १९:३२:oo

खानेपानीमन्त्री विना मगरले चुनावी प्रतिबद्धता पूरा गर्ने बताएकी छिन् । सोमबार लालझाडी गाउँपालिकास्थित शंरकपुर अस्पताल भवनको शिलान्यास कार्यक्रममा मन्त्री मगरले चुनावमा जनतासँग गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएकी हुन् । 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित मगरले चुनावमा जनतासँग गरेका केही वाचा कार्यान्वयन भएको बताइन् । ‘हामीले उतिवेला जनतासामु गरेका केही प्रतिबद्धता पूरा भइरहेका छन्,’ उनले भनिन्, ‘केही अझै बाँकी रहेका छन्, तिनीहरूलाई पनि क्रमशः पूरा गर्छाैँ ।’ 

मन्त्री मगरले पार्टीपंक्ति र प्रतिपक्षीसहित जनताको साथसमर्थनमा भौतिक पूर्वाधारतर्फका योजनाले गति लिएको बताइन् । ‘यस निर्वाचन क्षेत्रमा विकासका आयाम थपिँदै छन्,’ उनले भनिन्, ‘यो सबैको सहयोग र समर्थनले भएको हो  ।’ मन्त्री मगरले क्षेत्र र प्रदेशकै विकासका लागि संघीय सरकारका तर्फबाट आफूले पहल गरिरहेकोे र दिगो विकास र समृद्धिका लागि तीनै तहका सरकार उत्तिकै जिम्मेबारी हुनुपर्ने बताइन्। 

मन्त्री मगरले केही योजना जस्तै खानेपानी, सडक, शिक्षा, कृषि, रोजगारी स्वास्थ्य, पुलपुलेसालगायतले गति लिएको बताउँदै बाँकी योजनाको कामसमेत अघि बढाइने बताइन्। 
मन्त्री मगरले लालझाडी गाउँपालिका क्षेत्रमा रहेको दोदानदी कटानी रोकथामका लागि आवश्यक पहल गर्ने बताइन् । दोदानदीपीडितका तर्फबाट लालझाडी गाउँपालिका–  ३ का वडाध्यक्ष टीकाराम चौधरीले वर्षाैँदेखिको दोदानदी कटानीका कारण उर्वराभूमि क्षयीकरण भइरहेकोे भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।