मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १५ सोमबार १८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बदला लिन हत्या, तीन पक्राउ

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार १८:४४:००

झापाको मेचीनगरमा एकजनाको हत्या भएको छ । मेचीनगर– ४ का पूर्णबहादुर प्रधानको हत्या भएको हो । सामान्य विवादमा उनीमाथि कुटपिट भएको थियो । हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय झापाले तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेचीनगर– ४ कै २५ वर्षीय दिवश लुंगेली मगर, ५५ वर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ वर्षीय विशाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । आइतबार राति प्रधान र दार्जीबीच झगडा भएको थियो ।

सोही क्रममा प्रधानले दार्जीलाई हिर्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दोर्जीले अन्य दुईजनालाई बोलाएर बदला लिने हिसाबले प्रधानमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । ‘बाँसको घोचाले कुटेका रहेछन् । टाउकोमा चोट थियो । शरीरका अरू पनि भागमा चोट थियो,’ कोइरालाले भने, ‘कुटपिट भएपछि घाइते प्रधानलाई उपचारका लागि अम्दा अस्पताल धुलाबारी लगियो । अस्पतालले राति नै मृत घोषणा गऱ्याे ।’ 

पक्राउ परेका मध्ये दिवश लुंगेली यसअघि पनि कैद भुक्तान गरेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।