१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ मङ्सिर १४ आइतबार १९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या अभियोगमा फरार तीन अभियुक्त १८ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १९:३४:००

लमजुङ प्रहरीले हत्या अभियोगमा फरार रहेका तीनजना अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ । ०५९ साल असोज ३० गते भएको हत्या घटनाका फरार तीनजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लमजुङको साबिक कोल्की गाविस– ३ हालको दूधपोखरी गाउँपालिका– ५ बस्ने तत्काल वर्ष २३ को हाल ४१ वर्षका मनबहादुर गुरुङ, सोही ठाउँ बस्ने तत्काल वर्ष २८ को हाल ४६ वर्षका धनराज गुरुङ र सोही ठाउँ बस्ने तत्काल वर्ष २७ को हाल ४५ वबर्षका मिरु भन्ने धनबहादुर गुरुङलाई    मंसिर ११ गते पक्राउ गरेको हो । 

मृतककी श्रीमती बुद्धिमाया गुरुङले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए । बुद्धिमायाले साबिक कोल्की गाविस– ३ हाल दूधपोखरी गाउँपालिका– ५ स्थित श्री हिमालय माध्यमिक विद्यालयको चौरमा मेरो श्रीमान् वर्ष २८ को भीमबहादुर गुरुङलाई सोही ठाउँ बस्ने मनबहादुर गुरुङ, धनराज गुरुङ र मिरु भन्ने धनबहादुर गुरुङले टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको हुँदा कानुनबमोजिम कारबाही गरिपाऊँ भनी प्रहरीमा निवेदन दिएकी थिइन् । 

प्रतिवादी मनबहादुर गुरुङ र मृतकबीच घटना हुनुभन्दा एक वर्षअघिदेखि नै घरायसी कुरामा विवाद भएको थियो । सोही विवादको कारण ०५९ असोज ३० गते बडादसैँको दिन मृतकको घरदेखि करिब १० मिनेटको पैदल दूरीमा पर्ने श्री हिमालय माध्यमिक विद्यालयको चौरमा यी प्रतिवादी तीनजना र मृतकबीच सामान्य विवाद हुँदा प्रतिवादीहरूले मृतकको टाउकोमा ढुंगा प्रहार गरी फरार भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

प्रतिवादीहरूलाई अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।  डिएसपी थापाका अनुसार उनीहरूले प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछ गर्दा कसुर स्वीकार गरेका छन् ।