Skip This
जनकपुरधाममा राजावादीको प्रदर्शन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २६ बुधबार १९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनकपुरधाममा राजावादीको प्रदर्शन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १९:५४:oo

‘राजा आऊ, देश बचाऊ’को नारा लगाउँदै जनकपुरमा राजावादीले प्रदर्शन गरेका छन् । जनकपुरको रेल्वे स्टेसनबाट सुरु भएको प्रदर्शनमा सहभागीले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्नेलगायतका माग गरेका छन् । 

उनीहरूले जनकपुरको भानुचोक, कदमचोक, विद्यापतिचोक, विश्वकर्माचोक हुँदै जनकचोकमा पुगेर कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवादी समूहका नेता कारी यादवले भ्रष्टाचार, हत्याहिंसा बढ्दै गएकाले विकृतिलाई रोक्न राजतन्त्र आवश्यक रहेको बताए । आमनेपालीको सहमतिविना केही राजनीतिक पार्टीहरूले आफ्ना स्वार्थसिद्ध गर्न राजतन्त्रलाई समाप्त गरेको उनको दाबी छ । 

ad
ad